Aafno Khabar

महामन्त्रीमा उम्मेदवारी दिने गगन थापाको घोषणा

  • आफ्नो खबर
  • August 30, 2021 प्रकाशित

काठमाडाैं । नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेको भन्दै आफ्नै ठाँउबाट उम्मेदवारी घोषणा गरेको बताए ।

उनले भने ‘मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १४ औँ अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’

१३ औँ महाधिवेशनमा पनि थापा महामन्त्रीको उम्मेदवार बनेका थिए । त्यतिबेला उनले अर्जुननरसिंह केसी र डा. शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला उनी कृष्ण सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।