Aafno Khabar

माधव नेपालकाे पार्टीले ६ मन्त्रालय पाउने ! यी हुन् सम्भावित मन्त्री

  • आफ्नो खबर
  • August 22, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत (समाजवादी) बनेपछि माधव नेपाल समूहकाे पार्टी सरकारमा जाने तयारी सुरु भएको छ । सत्ता गठबन्धनबीच मन्त्रालय बाँडफाँट लगभग टुंगिएको छ ।

स्रोतका अनुसार माधव नेपाल नेतृत्वको प्रस्तावित नेकपा एकीकृत समाजवादीले ६ जना मन्त्री पाउने लगभग पक्का भइसकेकाे छ । ५ मन्त्रालयसहित एक जना राज्यमन्त्री पाउने तय भएको हाे । दल दर्ताको प्रक्रिया टुंगिए लगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएकाे छ । दल दर्ताका लागि निर्वाचन आयाेगले भदाै ९ गतेका लागि माधव नेपाल पक्षलाई बाेलाएकाे छ ।

एमाले स्थायी कमिटी सदस्यबाट सरकारको नेतृत्व गर्दा मुकुन्द न्यौपाने र बेदुराम भुसाल छन् । न्यौपाने प्रतिनिधिसभामा समानुपातिक सांसद हुन भने भुसाल राष्ट्रियसभा सदस्य हुन् । भुसाल अहिलेसम्म मन्त्री भएका छैनन्, न्यौपाने पूर्वमन्त्री हुन् ।

नेपालले बेदुराम भुसाललाई अवसर दिन चाहेकाे स्राेतले बताएकाे छ । त्यस्तै, बाँकी ४ र एक राज्यमन्त्रीमा प्रेम आले, विरोध खतिवडा, रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगभग निश्चित भएकाे बताइएकाे छ ।

जीवनराम श्रेष्ठ र कृष्णलाल महर्जनमध्ये एकजना मेटमणि चौधरी र हिराचन्द्र केसीमध्ये एकजनाले मौका पाउने सम्भावना रहेको नेपाल निकट स्रोतकाे दाबी छ । नेपाल समूहमा राष्ट्रियसभामा कलम चिह्नबाट विजयी भएका डा. खिमलाल देवकोटाको नाम पनि चर्चामा छ ।

नेपालको पार्टीले उपसभामुख पनि पाउने सम्भावना रहेकाे स्राेतकाे दाबी छ । उपसभामुख पाएमा सरला यादवले पाउने सम्भावना देखिएकाे छ ।