Aafno Khabar

पुष्पकमल दाहालकाे स्वास्थ्य अवस्था सामान्य

  • आफ्नो खबर
  • August 21, 2021 प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको उनकाे पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।

सामान्य रुघा खोकी र ज्वरोका कारण घरमै आराम गरिराखेका प्रचण्डको स्वास्थ्य अवस्था सामान्य रहेको गंगा दाहालले जानकारी दिइन् । दाहालका अनुसार प्रचण्डकाे पीसीआर परीक्षण गराइएकाे छ । उनको पीसीआर परीक्षणको रिपोट नेगेटिभ आएको छ ।

सामाजिक सञ्जालमार्फत गंगा दाहालले भनेकी छन् ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ, सामान्य रुघा खोकी र ज्वरो आएको, कोभिड टेष्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको छ ।’

स्वास्थ्य समस्या भएर घरमै आराम गरिरहेका प्रचण्डको स्वास्थ्यबारे चासो व्यक्त भइरहेको थियो । उनकाे स्वास्थ्यमा समस्या आएकाे खबर बाहिरिएपछि उनका शुभचिन्तकहरुले चासाे व्यक्त गरेका थिए ।