Aafno Khabar

माेनि राेयले किन डिलिट गरिन् यी बाेल्ड तस्बिर ?

  • आफ्नो खबर
  • २०७८ भाद्र ४ गते २०:३२ प्रकाशित

काठमाडाैं । बलिउड अभिनेत्री माेनि राेयले केही फाेटाेहरु शेयर गरेकाे केही बेरमा डिलिट गरेकी छन् । उनले तस्बिरहरु डिलिट गरेपछि उनकाे तस्बिरकाे चर्चा झन् बढेकाे छ ।

माल्दिभ्समा विदा मनाइरहेकी राेयले मंगलबार फोटोहरु शेयर गरेकी थिइन् । गुलाबी बिकिनिमा खिचेका यी फोटोहरु शेयर गरेको केही समयपछि उनले डिलिट गरिन् । उनले अचानक फोटोहरु किन डिलिट गरिन् भन्नेबारे केही थाहा हुन सकेकाे छैन ।

रोय बेला–बेलामा यस्ता बोल्ड तस्बिरहरु शेयर गरिरहन्छिन् । यसअघि पनि उनकाे समुद्री किनारमा बसेकाे तस्बिर आएकाे थियाे । ब्ल्याक ड्रेसमा आएकाे उनकाे उक्त तस्बिरकाे पनि सामाजिक सञ्जालमा निकै चर्चा भएकाे थियाे ।

बलिउडमा टेलिशृंखलाबाट उदाएकी राेय पछिल्लाे समय सिनेमामा पनि अभिनया गरिरहेकी छिन् । पछिल्लाे समय उनकाे ब्रम्हास्त्र चलचित्र आउन लागेकाे छ ।