Aafno Khabar

गाेकुल बास्काेटाको ब्यंग्य : कहीँ नभएकाे धारा कहाँबाट आयाे ?

  • आफ्नो खबर
  • August 20, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटा सामाजिक सञ्जालमा सक्रिय छन् । आफ्नो पार्टी भित्रका गतिविधि तथा सरकारको आलोचना गर्न उनले सामाजिक सञ्जाल मुख्य माध्यम बनाएका छन् ।

ब्यंग्यात्मक शैलीमा टिप्पणी गर्न पाेख्त बास्काेटाले पछिल्लाे समय सरकारको आलोचना गरी कहाँबाट आयो कहीँ नभएको किताब धारा भनेर प्रश्न गरेका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन् ‘परमादेश धाराबाट सरकार ढाले । होला नि त भनियो । अध्यादेश धाराबाट पार्टी खोले । त्यो पनि छ होला भनियो । तर, हुँदै नभएको किताब धारा चाहिँ कहाँबाट ल्यायो फेरि ?’

उनले व्यंग्यात्मक शैलीमा याे प्राकृतिक जलधारा नभएकाे पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘बाइस धारा न मुक्तिनाथको धारा । साइपालदेखि कञ्चनज‌घासम्मको प्राकृतिक जलधारा त हुँदै होइन । पक्कै योचाहीँ एकनाथ धारा वा एमसीसी ६०७ को ५.५ होला ।’