Aafno Khabar

यस्तो छ शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर

  • आफ्नो खबर
  • २०७८ भाद्र ४ गते ०८:४० प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । शुक्रबारका लागि ताेकिएकाे विनिमयदर अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् कुन देशको मुद्राको दर कति ?