Aafno Khabar

नेप्सेको वेबसाइट २ दिनका लागि बन्द हुने, यस्तो छ कारण

  • आफ्नो खबर
  • August 5, 2021 प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेबसाइट सेवा २ दिनका लागि बन्द हुने भएको छ ।

नेप्सेले बिहीबार एक सूचना जारी गरी २२ गते शुक्रबार र २३ गते शनिबार वेबसाइट पूर्ण रुपमा बन्द हुने जानकारी गराएको हो । डाटा सेन्टर अपग्रेड गर्न लागेकोले नेप्सेको वेबसाइट सिस्टम उपलब्ध नहुने नेप्सेद्वारा जारी सूचनामा भनिएकाे छ ।

यसबाट सेवाग्राहीमा हुन जाने असुविधाप्रति नेप्सेले क्षमायाचना पनि गरेकाे छ ।

धितोपत्रबारे जान्नुहाेस् । 

सरकार तथा कम्पनीहरुले आफूलाई आवश्यक पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै धितोपत्र हो । सरकार तथा संगठित संस्था (कम्पनी)  द्वारा निष्काशन तथा बिक्री गरिने सेयर, डिबेन्चर, बन्ड, सामूहिक लगानी कोषका एकांकलगायतका वित्तीय औजार धितोपत्रका उदाहरण हुन् ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ ले धितोपत्र बजार (स्टक एक्सचेञ्ज) मा खरिद बिक्री कारोबार हुन सक्ने भनी नेपाल धितोपत्र बोर्डले तोकिदिएको अन्य धितोपत्र वा त्यस्तो पत्र धितो खरिद, बिक्री वा विनिमय गर्न सक्ने अधिकारपत्रका साथै नेपाल सरकारद्वारा वा नेपाल सरकारको जमानतमा संगठित संस्थाले जारी गर्ने बचतपत्र तथा ऋणपत्र समेत धितोपत्र भएकाे भनी परिभाषित गरिएकाे छ ।