Aafno Khabar

४१ राजनीतिक दलको दर्ता खारेज

  • आफ्नो खबर
  • August 3, 2021 प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । विभिन्न पार्टीको नाम आयोगमा दर्ता गरिए पनि नियम र मापदण्ड पूरा नगरिएपछि आयोगले दल दर्ता नै खारेज गरिदिएको हो ।

आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण नबुझाएका दललाई यही साउन २० गतेदेखि लागू हुनेगरी दर्ता खारेज गरिएको जनाएको छ । खारेज भएका दलको नाम, चिह्न, झन्डा एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न नपाउने आयोगले जनाएको छ ।

४१ दल खारेज भएसँगै अब आयोगमा दल दर्ताको संख्या ९५ रहेको छ । यसअघि आयोगमा एक ३६ दल दर्ता थिए । आयोगले दर्ता खारेज भएका दलका केन्द्रीय पदाधिकारी, सदस्यहरुको नामसहितको विवरण पनि सार्वजनिक गरेको छ ।

यस्ताे छ सूची :