Aafno Khabar

मैलुङ खोला जलविद्युत आयोजनाको आईपीओमा ३५ गुणा बढी आवेदन, कहिलेसम्म भर्न सकिन्छ ?

  • आफ्नो खबर
  • August 2, 2021 प्रकाशित

काठमाडाैं । मैलुङ खोला जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा ३५ गुणा बढीको आवेदन परेको परेकेा छ । आईपीओ भर्ने साेमबार अन्तिम दिन हाे । अन्तिम दिनको अघिल्लो दिनसम्म माग गरे भन्दा ३५ गुणा बढीको आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको हाे ।

कम्पनीले गत साउन १४ गतेदेखि संस्थाको कर्मचारी, सामुहिक लगानी कोष र सर्वसारणका लागि गरी कुल ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गरेको थियो ।

क्यापिटलका अनुसार आइतबार साँझसम्ममा कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयरका लागि कुल १७ लाख ७६ हजार ७ सय ११ जनाले अधिकतम २ करोड ४१ लाख ६३ हजार ४ सय ८० कित्ताको लागि आवेदन परेको दिएका छन् । यो माग गरेभन्दा ३५.२८ गुणाले बढी हो ।

कम्पनीले गत साउन १४ गतेदेखि निष्काशन गरेको कुल ७ लाख ३६ हजार २८६ कित्ता सेयर मध्ये १४ हजार ७ सय २६ कित्ता कर्मचारीको लागि र ३६ हजार ८ सय १४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ६ लाख ८४ हजार ७ सय ४६ कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक गरेको थियो ।

याे पनि पढ्नुहाेस् ।

जलविद्युतकाे शेयरमा झुम्मिए लगानीकर्ता, दुई जलविद्युत् कम्पनीको शेयरमूल्यमा पोजिटिभ सर्किट