Aafno Khabar

एनआरएनए जापानको अध्यक्षमा शिवप्रसाद पौडेल, वरिष्ठ उपाध्यक्षमा नविन निउरे

  • आफ्नो खबर
  • July 30, 2021 प्रकाशित

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औँ राष्ट्रिय महाधिवेशनले शिवप्रसाद पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ । जुलाई ३० मा सम्पन्न भएकाे निर्वाचनले पाैडललाई निर्वाचित गरेकाे हाे ।

नयाँ कार्यसमिति २०२१-२३ का लागि आज सम्पन्न निर्वाचनमा कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दिएका थिए ।

अध्यक्ष पदमा मात्र ५ जनाले दाबी प्रस्तुत गरेका थिए । पौडेलसँगै अध्यक्ष पदमा अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्मा प्रतिस्पर्धामा थिए । पाैडेलले ३०३८ मत प्राप्त गरेका छन् ।

यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा नविन निउरे चयन भएका छन् । उनले ३९९३ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी छत्रबहादुर दाहालले ३२०१ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्ष पदमा महेश कुमार कटवाल, राम थापा अनिल, राजकुमार अधिकारी र रामकुमार श्रेष्ठ चयन भएका छन् । महिला उपाध्यक्षमा संगीता अधिकारी सुवेदी, महासचिवमा सिद्धार्थ श्रेष्ठ, काेषाध्यक्षमा कृष्ण गैरे शर्मा र युवा संयाेजक पदमा राकेश लामा चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा प्रकाश लामिछाने, राजु भण्डारी (सुनिल), भीमसेन राय (भीम रायमझी), दिलीप कडेल, मोहन सिंह मडै, चन्द्र कुमारी के. सी., लक्ष्मी के.सी. महर्जन र अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य पदमा दिपक कार्की, सुपेन्द्र घिसिङ, नर बहादुर थापा, लक्ष्मण बानिया, श्रवण कुमार सत्याल, रोविन प्रसाद शेरचन चयन भएका छन् ।