Aafno Khabar

भीम रावलले दिए सांसद पदबाट राजीनामा

  • आफ्नो खबर
  • २०७८ साउन ३ गते १६:३४ प्रकाशित

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन् ।

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपालपक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए । सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताएर राजीनामा दिने निर्णयमा पुगेकाे बताए ।