Aafno Khabar

भारतमा फेरि बढ्याे पेट्राेलियम पदार्थकाे मूल्य

  • आफ्नो खबर
  • २०७८ असार २६ गते १७:२९ प्रकाशित

काठमाडौं । भारतमा इन्धनको मूल्य शनिबार पुनः बढेको छ । शनिबार संघीय राजधानी नयाँ दिल्लीमा पेट्रोल र डिजेलको खुद्रा बिक्री क्रमश : १०० रूपैयाँ ९१ पैसा र ८९ रूपैँया ८८ पैसा (भारू) प्रति लिटर कायम भएको छ । दिल्लीमा पेट्रोल यसअघिभन्दा ३५ पैसा र डिजेल २६ पैसाले वृद्धि भएको छ ।

अन्य राज्यहरूले पनि पेट्रोल र डिजेलको मूल्य बढाएका छन् । देशभर दरहरू बढाइएको भएपनि मूल्य अभिवृद्धि करको कारण मूल्यमा फरक राज्यमा मूल्यमा पनि भिन्नता देखिएको छ । महाराष्ट्रको राजधानी मुम्बईमा पेट्रोलको मूल्य प्रति लिटर १०६ रूपैँया ९३ पैसा कायम भएको छ भने डिजेलको मूल्य प्रति लिटर ९७ रूपैँया ४६ पैसा पुगेको छ ।

मध्य प्रदेशको भोपालमा पनि पेट्रोलको मूल्य बढेको छ । त्यहाँ पेट्रोल प्रति लिटर १०९ रूपैँया २४ पैसा र डिजेलमा प्रति लिटर ९८ रूपैयाँ ६७ पैसा तोकिएको छ ।

त्यस्तै, कलकत्तामा पेट्रोल प्रति लिटर १०१ रूपैँया ०१ पैसा र डिजेलमा प्रति लिटर ९२ रूपैयाँ ९७ पैसा कायम भएको छ ।

उत्तर प्रदेशका भाजपा राज्यसभा सांसद हरदीप सिंह पुरीले बिहीबार केन्द्रीय पेट्रोलियम र प्राकृतिक ग्यास मन्त्रीको पदभार लिएका थिए । मन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले कच्चा तेल र प्राकृतिक ग्यासको स्वदेशी उत्पादन बढाउने बताएका थिए ।