Aafno Khabar

लिएनन् माधव पक्षले हस्ताक्षर फिर्ता, के कारबाही गर्लान् ओलीले ?

  • आफ्नो खबर
  • July 5, 2021 प्रकाशित

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीका २३ सांसदमाथि हस्ताक्षर फिर्ता लिन दिएकाे अल्टिमेटमकाे समय पूरा भइसकेकाे छ । अल्टिमेटम दिइए पनि माधव पक्षका २३ सांसदले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गरेका छैनन् ।

गएकाे शुक्रबार बालुवाटारमा बसेको बैठक सम्बाेधनका क्रममा अध्यक्ष ओलीले असन्तुष्ट झलनाथ खनाल र माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए ।

अध्यक्ष ओलीले आफ्नो पार्टीका नेताको नेतृत्वको सरकारविरुद्ध विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नलिनेहरु एमाले नहुने र उनीहरु एमाले पनि नरहने घोषणा गरेका थिए ।

अब अल्टिमेटमभित्र हस्ताक्षर फिर्ता नगर्ने सांसदहरुलाई अब ओलीले कस्तो कारवाही गर्छन् भन्ने एमालेभित्र चासो बढेको छ ।

आइतबार बिहान ओलीपक्षीय नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल नेपाल निवास पुगेर हस्ताक्षर फिर्ता र पार्टी एक रहेको सन्देश दिनेगरी संयुक्त वक्तव्य जारी गर्न आग्रह गरेका थिए । तर माधव नेपाल पक्षले भने उनीहरुकाे आग्रह अस्वीकार गरेका थिए ।