Aafno Khabar

सकियाे सरकारी पक्षको बहस, आइतबार सभामुखकाे तर्फबाट बहस

  • आफ्नो खबर
  • July 2, 2021 प्रकाशित

काठमाडाैं । संवैधानिक इजलासमा सरकारी र प्रधानमन्त्री केपी शर्मा ओलीका निजी कानुन व्यवसायीहरुले बहस सकेका छन् ।

यो मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ ।

अब आइतबार सभामुखका वकिलले बहस गर्नेछन् । सभामुखका कानुन व्यवसायीहरुलाई बहसका लागि दुई घण्टाको समय दिइएको छ । यसअघि उनीहरुलाई बहसका लागि डेढ घण्टाको समय दिइएको थियो ।

सभामुखका वकिलहरुले थप समय माग गरेपनि इजलासले त्यसलाई अस्वीकार गरेको थियो ।

आइतबार सभामुखका वकिलहरुले बहस गरिसकेपछि एमिकस क्युरीले बहस गर्नेछ । एमिकस क्युरीको बहसपछि केही दिनमा फैसला आउने सम्भावना छ ।

बहसका क्रममा ओली पक्षका वकिलहरुले राष्ट्रपतिकको अधिकार अदालतले ‘ओभरटेक’ गर्न नमिल्ने, रिट खारेज हुनुपर्ने र विघटन संविधान बमोजिम भएको दलील पेश गरेका थिए ।

रिट निवेदक पक्षले सरकारकाे याे कदम असंवैधानिक भएकाे, राष्ट्रपतिले ओलीकाे साथ दिएकाे, विपक्षीकाे सरकार बन्ने आधार हुँदा हुँदै पनि संसद विघटन गरेकाेले पुन: अदालतले शेरबहादुर देउवा प्रधानमन्त्रीसहित संसद पुनर्स्थापना हुनुपर्ने बताएका छन् ।