काठमाडाैं । नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठकले अहिलेकाे अवस्थामा बालुवाटार नजाने निर्णय गरेको छ ।
बिहीबार बसेको स्थायी कमिटी बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा नजाने सर्वसम्मत निर्णय गरेको हो । बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेकाे हाे ।
ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए ।