काठमाडौं । ज्ञानेन्द्र शाहीको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । शाहीको समूहमाथि सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा आक्रमण भएको हो ।
उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको प्रहरीले जनाएको छ । आक्रमणबाट घाइतेहरुको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।
आक्रमणबाट घाइते हुनेहरुमा शाहीसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईं रहेका छन् ।
आक्रमणमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको प्रहरी स्राेतले बताएकाे छ । उनको परिचय भने प्रहरीले गोप्य राखेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
ज्ञानेन्द्र शाहीले टोलवासीले नभएर नेकपा एमालेको केपी ओलीका कार्यकर्ताले आफूहरुमाथि आक्रमण गरेको बताएका छन् ।
निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै आएको छ । यसअघि चितवनमा पनि शाहीमाथि आक्रमण भएको थियो ।