Aafno Khabar

कोरोनाबाट थप १०८ जनाले ज्यान गुमाए, ५ हजार १५३ जना संक्रमित थपिए

  • आफ्नो खबर
  • २०७८ जेष्ठ २५ गते १७:४२ प्रकाशित

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर काेराेना संक्रमणबाट १०८ जनाले ज्यान गुमाएका छन् । देशभर कुल १७ हजार ६७६ जनाको परिक्षण गरिएकोमध्ये ५१५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६५७० जना कोरोना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएकाे छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामामात्र १२२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंमा ८३६, भक्तपुरमा १२१ र ललितपुरमा २६९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।