Aafno Khabar

एमालेकाे आग्रह : खनाल-नेपाल पक्षले बाेलाएकाे बैठकमा सहभागी नहुनू

  • आफ्नो खबर
  • June 3, 2021 प्रकाशित

काठमाडाैं । नेकपा एमालेले नेता झलनाथ खनाल र माधव नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यसँग आग्रह गरेकाे छ । विहीबार बिहान एमाले सचिव शेरबहादुर तामाङले प्रेस विज्ञप्ति जारी गरी पार्टीको विधान विपरितको क्रियाकलापमा सहभागी नहुन सूचित गराएका हुन् ।

खनाल- नेपाल पक्षीय केन्द्रीय समितिको बैठक बिहीबार बिहान ११ बजे बाेलाइएकाे छ । भर्चुअल बाेलाइएकाे बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरिने बताइएकाे छ । पार्टीले कारबाही गरेपछि पनि एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै उनले निन्दा एवम् भर्त्सना पनि एमालेले गरेकाे छ ।​

विज्ञप्तिमा भनिएको छ ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा (एमाले) को वैधानिक व्यवस्था विपरित पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले नेकपा एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ त्यस्तो कृयाकलापको निन्दा एवम् भर्तसना गर्दछु ।’

कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका खनाल, नेपालसहित ११ जनालाई पार्टीबाट निष्कासित गरिएको छ । अन्य १२ जनालाई पनि निष्कासन गर्ने भनिएपनि पटक पटक स्थायी कमिटी बैठक स्थगित भइरहेकाे छ ।