काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छ । सरकारले बजेटमा राखेका भ्रमपूर्ण योजना कार्यान्वयन हुन नसक्ने चेतावनी पनि दिएको छ ।
सरकार कहिल्यै वास्तविक धरातलमा नउभिएको आरोप पनि उसले लगाएको छ । सोमबार पार्टी संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरी कांग्रेसले सरकारले जनमत प्रभावित गर्ने दुराशय राखेको आरोप लगाएको हाे । पत्रकार सम्मेलनमा पार्टीका नेता डा. मिनेन्द्र रिजालले लिखित वक्तव्य पढेर सुनाएका थिए ।