Aafno Khabar

नेपाल फकाउने ओलीकाे प्रयास, नेपालसहित चार नेताको कारवाही फुकुवा

  • आफ्नो खबर
  • May 13, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेकपा एमाले पार्टी सचिव शेरबहादुर तामाङले बैठकको निर्णयलाई लिएर फेसबुक पोस्ट गरेका छन् । उनले चार नेतामाथिको निलम्बन फुकुवा गरिएको जनाउँदै ‘यो अवसरलाई उपयोग गर्दै पार्टी एकताको पक्षमा उभिन नेताहरुलाई हार्दिक आग्रह गर्दछु’ भनी उल्लेख गरेका छन् ।

सत्ता जोगाउनका प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधव नेपाललाई मनाउने प्रयासमा छन्

याे पनि : नयाँ सरकार गठनमा कांग्रेस असफल भए के हुन्छ ?