काठमाडौं । भारतका पूर्वमन्त्री एवं सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का नेता सुव्रमनियन स्वामीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको रोजाइ रहेको बताएका छन् ।
भारतको माथिल्लो सदन राज्य सभाका सदस्यसमेत रहेका स्वामीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए चीनको जित हुनेसमेत उल्लेख गरेका छन्।
‘जहाँसम्म मलाई नेपालको बारेमा थाहा छ, ओली भारतको रोजाइका थिए।’ उनले लेखेका छन्, ‘यदि प्रचण्ड प्रधानमन्त्री भए भने चीनको जित हुनेछ।’
यसअघि उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्दा सुखद खबर भनि उल्लेख गरेका थिए ।