काठमाडाैं । सत्तारुढ नेकपा एमालेकाे खनाल-नेपाल समूहले अब बन्ने नयाँ सरकार गठनकाे प्रक्रियामा आफूहरुकाे भूमिका नरहने बताएकाे छ ।
मंगलबार भर्चुअल माध्यमबाट बसेकाे याे समूहकाे स्थायी कमिटी सदस्यहरुकाे बैठकले नयाँ सरकार निर्माणमा कुनै सराेकार नराख्ने निर्णय गरेकाे उक्त समूहका एक नेताले जानकारी दिए ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगकाे विराेधका कारण साेमबारकाे संसद बैठकमा याे समूहका नेताहरु उपस्थित भएका थिएनन् । अब राजनीतिक परिदृश्यकाे समीक्षा गरेर कस्ताे अवस्था आउँछ त्यसपछिमात्र निर्णय लिने तत्काल भने नयाँ सरकार गठनमा आफूहरुकाे भूमिका नरहने उनकाे भनाइ थियाे ।