Aafno Khabar

नेपालमा काेराेना संक्रमित ४ लाख बढी, साेमबार मात्र १३९ जनाको मृत्यु

  • आफ्नो खबर
  • २०७८ बैशाख २७ गते १८:५८ प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएकाे छ । पीसीआर विधिबाट १७ हजार ६२३ जनामा र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण काेभिड परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण देखिएकाे हाे ।

सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

हाल देशभर सक्रिय संक्रमित संख्या ९३ हजार १४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा हालसम्मकाे बढी १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ८५९ पुगेको छ ।