काठमाडाैं । राष्ट्रियसभा उपनिर्वाचनको लागि नेकपा एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उम्मेदवार भएका छन् । उनी उम्मेदवारी दर्ताका लागि हेलिकप्टरबाट शुक्रबार हटाैँडा गएका छन् ।
जेठ ६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता गर्न लागिएको छ । नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।
विपक्षी गठबन्धनले संघीयताविज्ञ डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ ।
यसअघि चुनाव आफू नलड्ने बताएका बादलसँग बिहीबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेका थिए । प्रधानमन्त्रीसँगकाे भेटपछि उनी शुक्रबार मनाेनयनका लागि हेलिकप्टरबाट हेटाैँडा गएका हुुन् ।