चितवन । माडी नगरपालिकामा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् । माडी ३ का ३५ वर्षीय पुरुष आज (बिहीबार) बिहान ७:३० बजे आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
बैशाख १५ गते भारतबाट आएका उनले २१ गते कोरोना परीक्षणका लागि बघौडा अस्पतालमा स्वाब दिएका थिए । २२ गते कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा नै बस्दै आएका थिए ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।