Aafno Khabar

दीपक मनाङ्गे बने गण्डकी प्रदेशको खेलकुद मन्त्री

  • आफ्नो खबर
  • April 29, 2021 प्रकाशित

कास्की । अविश्वासको प्रस्ताव सामना गरिरहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले मनाङ्बाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनको शपथ पनि आजै भएको छ ।