Aafno Khabar

पछिल्लाे २४ घण्टामा बाँकेमा ७ जना कोराेना संक्रमितकाे मृत्यु

  • आफ्नो खबर
  • २०७८ बैशाख ११ गते १०:५५ प्रकाशित

प्रतिकात्मक तस्बिर ।

बाँके । बाँकेमा कोरोना संक्रमणका कारण गत २४ घण्टामा सात जना बिरामीको उपचारको क्रममा मृत्यु भएको छ ।

बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो भने राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको दिउँसो मृत्यु भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको शुक्रबार राति मृत्यु भएको छ । कोरोना संक्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको संख्या ७६ पुगेको छ ।