Aafno Khabar

९ सय ग्राम हेरोइनसहित विमानस्थलबाट एक जना पक्राउ

  • आफ्नो खबर
  • April 22, 2021 प्रकाशित

काठमाडाैं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ९ सय ग्राम हेरोइनसहित एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग घर भएका ४९ वर्षिय दावा लामा तामाङ्ग रहेका छन् ।

दावालाइ त्रिभुवन अन्तराष्ट्रीय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामाबाट बरामद लागुऔषधको मूल्य नेपाली बजारमा ९० लाख रुपैया पर्ने लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ । दुबई हुदै पाकिस्तान पुगेका उनले त्यहाँ हेरोइनका ९३ वटा क्याप्सुल निलेर नेपाल आउँदै गर्दा उनी पक्राउ परेका हुन् ।

लामाको कारोबारमा संलग्न धादिङ्गका देबिमाया भन्ने गोपि तामाङ्ग, होनिमाया तामाङ्गनी, बैंश बहादुर गुरुङ्गलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनिहरुबाट ३ सय अमेरिकि डलर पनि बरामद गरिएको छ । पक्राउ परेका देबिमाया भन्ने गोपि तामाङ्ग लामो समयदेखि विभिन्न देशमा बसेर लागुऔषध कारोबारमा संलग्न रहदै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

दावा लामा तामाङ्ग पहिले पनि लागुऔषध कारोबारमा ५ बर्ष जेल सजाय भुक्तान गरिसकेको ब्यक्ति भएको पनि प्रहरीले जनाएको छ ।