फाइल फाेटाे ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक विकास र समृद्धिका लागि प्रतिगमन विरोधी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना शन्देश दिएर अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, समृद्धि र संविधानको रक्षाको निम्ति प्रतिगमनविरोधी शक्तिहरुका बिचमा एकताको आवश्यकता रहेको बताएका हुन् ।
अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलनभित्र चल्ने अन्तरसंघर्षले पार्टीको विकृतिलाई किनारा लगाउने भन्दै ती विकृतिहरु गैरकम्युनिष्ट पश्चगामी प्रवृतिको रुपमा मूलप्रवाहबाट बाहिरिने समेत बताए ।