Aafno Khabar

प्रतिकुल माैसमका कारण हवाइ सेवा प्रभावित, चार अन्तर्राष्ट्रिय जहाज ‘डाइभर्ट’

  • आफ्नो खबर
  • २०७८ बैशाख ३ गते २०:०३ प्रकाशित

काठमाडौं । प्रतिकुल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ सेवा प्रभावित भएको छ ।

शुक्रबार हावाहुरीसहित चट्याङ परेपछि हवाइ सेवा प्रभावित भएको हाे ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट आएका चार अन्तर्राष्ट्रिय जहाज भारत डाइभर्ट गरिएको हो ।

साउदीको दमामबाट आएको हिमालय एयरलाइन्स र नयाँ दिल्लीबाट आएको एयर इण्डियाको जहाज भारतको वनारस डाइभर्ट गरिएको छ । कतारको दोहाबाट आएको कतार एयरवेजको जहाज कोलकाता पठाइएको छ ।

दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको जहाज दिल्ली नै फिर्ता पठाइएको विमानस्थलले जनाएकाे छ ।

आन्तरितकतर्फ समेत ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थल कार्यालयले जनाएको छ ।