Aafno Khabar

प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  • आफ्नो खबर
  • २०७८ बैशाख १ गते २०:१४ प्रकाशित

प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

गुल्मीबाट नयाँ वर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिकाको रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो । जीपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनीहरुको परिवार सहित १५ जना थिए ।

दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्यौपाने, कम्प्युटर अपरेटर सूर्य पन्थी, मुद्दा शाखाका ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको मृत्यु भएको छ ।

यस्तै जीप चालक केशव कार्कीको पनि मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ । घुम्तीमा बसलाई उछिन्ने क्रममा जीप भीरबाट १ सय ५० मिटर तल खसेको थियो ।