Aafno Khabar

बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

  • आफ्नो खबर
  • April 7, 2021 प्रकाशित

बारा । बारामा बुहारी बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । चैत १५ गते दिउँसो बुहारीलाई आफ्नै कोठामा बलात्कार गरेको आरोपमा ४५ वर्षीय ससुरा पक्राउ परेका हुन् ।

पीडित महिलाले मंगलबार जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएकी थिइन् ।

बुहारीको उजुरीपछि ती पुरुषलाई मंगलबार नै पक्राउ गरेको र बुधबार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएकाे छ ।