Aafno Khabar

ओलीलाई हटाउन नयाँ रणनीति चाहियो : बाबुराम भट्टराई

  • आफ्नो खबर
  • March 22, 2021 प्रकाशित

काठमाडाैं । पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन भष्मासुरसँग तुलना गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत भट्टराईले ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेकोसमेत बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले अनेकन छल गरेर सबैलाई त्राहिमाम पार्ने उल्लेख गर्दै नयाँ रणनीतिको खोजी गरेका हुन् ।

उनले भनेका छन् ‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्‍याउने हैन! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्‍याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो, नयॅा रणनीति चाहियो!’