काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भए पनि लुरुलुरु बालुवाटार नजाने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल समूहसम्वद्ध युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग एकताको हात बढाउन तयार रहेको बताए । तर अवैधानिक रुपमा भएका निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने उनले बताए ।
केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?’
२३ फागुन यता भएका निर्णय सच्याए मिलेर जान तयार रहेको उनकाे भनाइ थियाे ।