Aafno Khabar

परस्त्रीसहित वडाअध्यक्ष होटलबाट परे पक्राउ

  • आफ्नो खबर
  • March 19, 2021 प्रकाशित

सांकेतिक तस्बिर ।

धनगढी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा एक होटेलबाट परस्त्रीसहित पक्राउ परेका छन् ।

जिल्लाको खोचलेकको एक होटलबाट महिलासहित महरालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुवैजनालाई बिहीवार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए ।

वडा अध्यक्षकी श्रीमतीले दिएको सूचनाका आधारमा प्रहरीलाई उनीहरुलाई होटेलबाटै पक्राउ गरेको हो । वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका हुन् ।

घटनाका विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।