Aafno Khabar

महिलालाई जिउँदै खाल्टोमा पुर्ने डाेजर चालक यसरी परे पक्राउ

  • आफ्नो खबर
  • March 19, 2021 प्रकाशित

काठमाडौं । डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालक पक्राउ परेका छन् ।

धादिङको सल्यानटारमा डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्टोमा पुर्ने चालक जीवन भनिने भीमबहादुर बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

गएको फागुन १७ गते धादिङ्ग, त्रिपुरासुन्दरी गाउँपालिका–१ खोल्सीस्थित सडक मर्मत गर्दा माटो फाल्ने क्रममा स्थानीय ४० वर्षीया सरस्वती कुमाल डोजरको बकेटमा ठोक्किएर खाल्डोमा खसेकी थिइन् ।

खाल्डोमा खसेकी कुमालको उद्धार गर्नुको साटो चालक बुढाथोकीले माटोले पुरिदिएका थिए ।

घटनापश्चात् चालक बुढाथोकी भारत भागेका थिए । भारतको सलोन जिल्लामा उनका दाजु भएको स्थानमा उनी लुक्न गएको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । त्यसपछि पुनः उनी फागुन २९ गते जुमनाहा नाका भएर नेपालगञ्जमा आएर सुर्खेतमा बसेको पाइएको छ ।

त्यसपछि पुनः उनी चैत ४ गते आफन्तकहाँ भेटघाट गरी आवश्यक पैसासमेत लिएर पुनः भारतको हरिद्वार गएका थिए ।

यसरी भागेर र लुकेर बसेकाे अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरोको विशेष टोलीले बुढाथाेकीलाई शुक्रबार नेपाल–भारत सिमास्थित कन्चनपुर जिल्लाको गड्डा चौकीबाट पक्राउ गर्न सफल भएको हो ।