काठमाडौं । समानान्तर कमिटी विस्तार गरेर नेकपा एमालेलाई अगाडी बढाएको माधव नेपाल पक्षका प्रदेश २ को केन्द्रीय सदस्यको बैठक आज बस्दैछ। एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको निवास कोटेश्वरमा बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
नेपाल पक्षले घनश्याम भुसाललाई प्रदेश २ को इञ्चार्ज बनाएको छ। प्रदेश २ का नेपाल पक्षीय केन्द्रीय सदस्य उपस्थित हुने बैठकमा अबको राजनीतिक परिदृश्य तथा प्रदेश संगठनका विषयमा छलफल हुने बताइएको छ।
सर्वोच्चको फैसलापछि नेकपा एकीकरणपूर्वमा पुगेको एमालेको विवाद केन्द्रदेखि तलसम्मै देखिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूखुसी निर्णय गरेको भन्दै विरोधमा उत्रिएको नेपाल समूहले पनि हरेक विभाग तथा तहमा समानान्तर कमिटी गठन गरिसकेको छ।