काठमाडौं । काठमाडौंमा सम्पन्न नेकपा एमालेको माधव नेपालपक्षीय भेला विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ ।
विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई वाम एकतामा सहभागी हुन आह्वान गर्नेदेखि एमसीसी सम्झौतालाई देशको हितमा बनाउनुपर्ने सम्मका बुँदाहरु प्रस्तावमा समेटिएका छन् । पार्टीका उपाध्यक्ष भिम रावलले ती प्रस्ताव भेलामा प्रस्तुत गरेका थिए ।
नेकपा एमाले माधव कुमार नेपाल र झलनाथ खनाल समूहले आयोजना गरेको भेला सकिएको छ । चैत ४ र ५ गते उक्त समूहले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको थियो ।
भेलाले गत २८ गते ओलीले गरेको निर्णयको विरोध गर्ने निर्णय यसअघि नै गरिसकेकाे थियाे ।
यस्ताे छ भेलाले पारित गरेका प्रस्ताव :