Aafno Khabar

नातिनी बलात्कार गर्नेलाई आजीवन जेल

  • आफ्नो खबर
  • March 18, 2021 प्रकाशित

उदयपुर । जिल्ला अदालत उदयपुरले आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीय वृद्धलाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।

बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार रुपैयाँ जरिवानाकाे फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।

कसुरदार पुरुषले पीडित राहतकोषमा चार हजार रुपैयाँ जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले जनाएको छ । गत ९ भदौमा आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले उनलाई पक्राउ गरेकाे थियाे ।