Aafno Khabar

ओलीका निर्णय मान्यता नदिन नेपाल समूहकाे निर्वाचन आयाेगमा निवेदन

  • आफ्नो खबर
  • March 14, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार गरेका निर्णयलाई मान्यता नदिन माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगमा पत्र आएको जानकारी दिए ।

ओलीले शुक्रवार केन्द्रीय कमिटीको बैठक बोलाएर माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए भने नेपाल-खनाल समूहका नेतालाई जिम्मेवारी मुक्त बनाएका थिए ।