प्रतिकात्मक तस्बिर ।
माेरङ । मोरङमा सुस्त मनस्थितिकी बालिका बलात्कारको आरोपमा एक वृद्ध पक्राउ परेका छन् । ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रतुवाई नगरपालिकाका ६६ वर्षीय फौदीलाल मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार घाँस काट्न गएकी ८ वर्षीया सुस्त मनस्थितिकी बालिकालाई बलात्कार गरेको आरोपमा उनलाई शनिबार पक्राउ गरिएको हो । बालिकाको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेकोछ ।
प्रहरीका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी छ । प्रहरीका अनुसार घटना शुक्रबार दिउँसो करिब ३ बजेतिरको हो । बालिका बोल्न सक्दिनन् । घाँस काट्न गएका बहिनीहरुले दिदीमाथि करणी भएको देखेपछि घटना बाहिर आएको हो ।