Aafno Khabar

एमालेले दियो अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका सांसदलाई नाम फिर्ता लिन निर्देशन

  • आफ्नो खबर
  • March 12, 2021 प्रकाशित

काठमाडौं । नेकपा एमालेले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका आफ्ना सांसदलाई नाम फिर्ता लिन निर्देशन दिएकाे छ ।

नेकपा एमालेको शुक्रबारको केन्द्रीय कमिटीको विशेष बैठकले प्रदेशसभामा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई पार्टी निर्णय अनुरुप सञ्चालित हुन र अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको भए फिर्ता लिन निर्देशन दिएको हाे ।

यस्तै बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु पनि हटाएको छ ।