काठमाडौं । बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरको अश्लील फोटो सार्वजनिक गरिदिन्छु भनेर धम्क्याउने विनयजंग बस्नेत ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
बस्नेतलाई आज काठमाडौं जिल्ला अदालतले साइबर अपराधमा ४० हजार र अभद्र व्यवहार कसूरमा १० हजार गरी ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । बस्नेत आज नै धरौटी बुझाएर रिहा भएका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।