Aafno Khabar

विप्लवसँग एउटै मञ्चमा बसेर प्रधानमन्त्रीले के भने ?

  • आफ्नो खबर
  • २०७७ फाल्गुन २१ गते प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्दले सेफ ल्यान्डिङ गरेको बताउनुभएको छ । राष्ट्रिय सभा गृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले चन्दले एउटा कदमबाट नेपाली जनताको मन जित्नु सफल भएको बताउनुभयो। यो एक साहसिक कदम भएको उहाँको भनाई छ ।

चन्दले साहसिक कदम चालेको भन्दै प्रधानमन्त्री ओलीले अब नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनुभयो ।

नेपाली जनताले नेपाली समाज, राष्ट्रले शान्ति खोजेको भन्दै शान्तीपूर्ण राजनीतिमा आएकोमा विप्लबलाई धन्यवाद पनि दिनुभयो । नेपाली जनतालाई चाहिएका कुरामध्ये राष्ट्रियताको रक्षा, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित, लोकतन्त्रको सृदृढीकरण, सामाजिक न्याय र समानता, भयपूर्ण वातावरणमा बाँच्न पाउने चाहना हो,’ ओलीले भन्नुभयो ‘हामी सबैले देखेको सपना, समृद्ध नेपाल सुखी नेपाली हो । यसको शान्तिपूर्ण वातावरण चाहिन्छ । लोकतान्त्रिक प्रणाली चाहिन्छ ।

यिनै चिज वातावरण प्राप्त गर्ने सन्दर्भमा ऐतिहासिक काम भएको छ । नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । हिंसात्मक आन्त्दोलन, बाटोको दिशा अवलम्बन गरिरहेको छैन । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन ।’