Aafno Khabar

विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका लागि इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच सहकार्य

  • आफ्नो खबर
  • २०७७ फाल्गुन ४ गते प्रकाशित

काठमाडौं । इम्पेरियल विजनेश कलेज र कुमारी जबबीच विद्यार्थीको व्यक्तित्व विकास र रोजगारका सम्बन्धमा सहकार्य भएको छ ।

फागुन ४ गते गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्दै इम्पेरियल विजनेश कलेजका प्रधानाध्यापक प्रजित कुमार तिमल्सीनाले विद्यार्थीहरुको क्षमता अभिवृद्धि हुनुका साथसाथै उनीहरुको उज्वल भविश्य निर्माणमा कुमारी जबले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताउनुभयाे ।

यस्तै, कुमारी जबका व्यवस्थापकीय प्रमुख सन्देश भण्डारीले यी दुई संस्थाबीचको सहकार्यले इम्पेरियल कलेजमा अध्यनरत विद्यार्थीहरुलाई बजारको आवश्यकता अनुसार तालिम प्रदानगरी उनीहरुको व्यक्तित्व विकासमा महत्वपूर्ण भुमिका खेल्नुका साथै उनीहरुलई रोजगारको सहजता प्रदान गरिने बताउनुभयाे ।

यस सम्झौताले विद्यार्थीहरुमा भएको किताबी ज्ञानलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।