Aafno Khabar

काठमाडौंको तापक्रम २‍.८ डिग्री सेल्सियस, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  • आफ्नो खबर
  • २०७७ माघ १३ गते प्रकाशित

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम मंगलबार २ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । हाल देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

मंगलबार प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूऔभागहरूमा आंशिक बदली रहि उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमापाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, बुधबार दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमापातको संभावना रहेको महाशाखाले जनाएको छ ।

बिहिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमापातको संभावना रहेको छ ।

आगामी २४ घण्टामा देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।