Aafno Khabar

यस्तो रहनेछ मंगलबार देशभर माैसम

  • आफ्नो खबर
  • २०७७ पुष २१ गते प्रकाशित

काठमाडाैं । हाल देशमा पश्चिमी वायुको प्रभाव छ जसकारण देशैभर सामान्य बदली भइरहेकाे छ ।

मंगलबार देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का देखि मध्यम हिमपात हुनुका साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागहरुका थोरै स्थानहरु तथा बागमती र प्रदेश न. १ को भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्का देखि मध्यम हिमपातको समेत सम्भावाना छ । मंगलबार राति देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरुका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावाना रहेकाे महाशाखाकाे सूचनामा उल्लेख छ ।