Aafno Khabar

प्रचण्डसँग छलफल गर्न खुमलटारमा ओली

  • आफ्नो खबर
  • December 19, 2020 प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुग्नुभएकाे छ । शनिबार बिहान प्रधानमन्त्री ओली खुमलटार पुग्नुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयाे ।

नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचचण्डलाई भेट्न ११ बजे खुमलटार पुग्नुभएकाे हाे । ओली यसअघि २०७४ सालमा खुमलटार जानुभएकाे थियाे
। बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेका बेला ओली खुमलटार पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।