काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेकपामा फेरी एक पटक तरंग पैदा भएको छ । हिजो विवादास्पद अध्यादेश फिर्ता लिने प्रतिवद्धता जनाएका प्रधानमन्त्री ओलीले आज सोही अध्यादेशअनुसार संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाभित्र एकाएक तरंग छाएको हो।
अध्यादेश फिर्ता लिने सहमति भएको पछिल्लो दिन सोही अध्यादेश अनुसार नै प्रधानमन्त्रीले परिषद्को बैठक डाकेपछि अर्का अध्यक्ष प्रचण्ड सशंकित भएका थिए । ६ बजेका लागि परिषद्को बैठक बोलाइएको थियो ।
परिषद बैठक बोलाएको थाहा पाउन साथ प्रचण्ड दिउसो ३ बजे ओलीलाई भेट्न बालुवाटार गएका थिए । झण्डै डेढ घण्टा छलफलमा बसेपछि ओली अध्यादेश खारेज गर्न सहमत भएका छन् ।