Aafno Khabar

प्रधानमन्त्री र राष्ट्रपतिमाथि महाअभियोग लगाउनुपर्छ : डा. भट्टराई

  • आफ्नो खबर
  • December 16, 2020 प्रकाशित

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउनु पर्ने बताउनुभएको छ ।

उहाँले ट्वीट गरेर प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीले संविधान र लोकतन्त्रमाथि गम्भीर खेलवाड गरिरहेको आरोप लगाउँदै संसद अधिवेशन बोलाएर महाअभियोग लगाउनु पर्ने उल्लेख गर्नुभएको हो ।

उहाँले ट्वीटमा लेख्नुभएको छ, ‘ महाभारतका दुर्योधनहरूले द्रौपदीको चीरहरण गरिरहदा भीष्महरू मौन बसेझैं ओलीले संविधान र लोकतन्त्रको हुर्मत लिइरहॅदा सत्तापक्षभित्रका र विपक्षका नेताहरू वैठकरवक्तब्यवाजीरगनगन गरेर मात्र बस्ने हो कि बेलैमा प्रम र रापका थप धुन्धुकारी हर्कत रोक्न संसद अधिवेशन र महाभियोग तर्फ लाग्ने हो ?’